हाम्रा कार्यहरु
-
प्रदेश जनस्वास्थ्य कार्यालयको कार्यविवरणः
१. प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक सेवासँग सम्बन्धित जनस्वास्थ्य कार्यक्रमहरू (स्वास्थ्य शिक्षा, मातृ तथा नवशिशु स्वास्थ्य, बाल स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन, किशोर किशोरी स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोग, मानसिक रोग, जलवायु परिवर्तनद्वारा सिर्जित रोगको रोकथाम / नियन्त्रण / उन्मूलन, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक स्वास्थ्य लगायत अन्य) को योजना निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने
२. स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यक्रमहरूको योजना निर्माणमा सहयोग गर्ने, स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयन गर्ने र स्थानीय स्वास्थ्य समस्याहरू समाधान गर्नका लागि सहजीकरण गर्ने
३. जिल्लामा रहेका स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी, खोप तथा औषधीजन्य स्वास्थ्य सामग्रीको परिमाण निर्धारण तथा पूर्वानुमान गरी खरिद, भण्डारण (कोल्ड चेन व्यवस्थापन) तथा वितरण एवं स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन गर्ने
४. सर्ने तथा नसर्ने रोगहरूको नियमित रुपमा स्क्रीनिङ गरी रोगहरूको एकीकृत रुपमा निगरानी (पब्लिक हेल्थ सर्भिलेन्स) गर्ने
५. विपद तथा महामारीको अवस्थाको लागि पूर्वतयारी, जोखिमको न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने
६. एक स्वास्थ्य रणनीतिको आधारमा नयाँ तथा पुनः देखिएका रोगहरू, किटजन्य एवम् जुनोटिक रोगहरूको सम्बन्धित निकाय तथा अन्तर तह बीच समन्वय गरी रोकथाम र नियन्त्रण गर्ने
७. स्वास्थ्य सम्बन्धी तथ्याङ्कको नियमित विश्लेषण गरी एकीकृत विद्युतीय अभिलेख र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्ने
८. मापदण्ड बमोजिम जिल्ला भित्रका स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन अनुमति प्रदान, नवीकरण, अनुगमन एवं नियमन गर्ने
९. स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरू
१०. सूर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थजन्य वस्तुको नियन्त्रण तथा नियमन सम्बन्धी कार्य गर्ने
११. "सबै नीतिमा स्वास्थ्य' को अवधारणा अनुरुप स्वास्थ्यका बृहत निर्धारक तत्वलाई सम्बोधन गर्न बहुशेषीय सहकार्य गरी कार्यकम सचालन गर्ने
१२. स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गरी स्वास्थ्य कार्यकमलाई प्रभावकारी र स्वास्थ्य योजनालाई तथ्यपरक बनाउने
१३. प्रदेशको स्वास्थ्य सेवा सुद्धीकरणका लागि आवश्यक नीति, ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड, प्रोटोकल आदिको निर्माण, कार्यान्वयन र अद्यावधिक गर्न मन्त्रालयलाई सहयोग गर्ने
१४. आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अनुगमन तथा कार्यान्वयनमा सहजीकरण गर्ने
१५. मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने
१६. औषधी निगरानी, औषधीको उचित प्रयोग र प्रतिजैविक प्रतिरोध न्यूनीकरण सम्बन्धी कार्य गर्ने
१७. वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य सम्बन्धी कार्य गर्ने
१८. जनसङ्ख्या व्यवस्थापन तथा बसाइँसराइ सम्बन्धी कार्य गर्ने
१९. आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक) सम्बन्धी कार्य गर्ने
२०. प्रदेश सरकारबाट तोकिएका एवं प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरू गर्ने।
Download: हाम्रा कार्यहरु
490
